ईन्द्र तामाङ अनी त्यो आलीसान ड्याकोटा भवन
सुबाश लामा स्याङ्बोनिउयोर्क
श्री ईन्द्र तामाङ अनी त्यो आलीसान ड्याकोटा भवन सँगको सांचिकै सम्बन्ध के रहेछ त भन्ने बडो कौतहुल भएका सारा नेपाली अनी यहांकै अमेरिकन तथा बिदेशी हरुको बिचमा एउटा नयाँ खबरले सनसनी र चकित तुल्याएको छ ।एउटा नेपाली यत्रो बिनाको सम्पतिको मालिक भएको खबरले अवस्य पनि खुल्दुली हुनु ,खुशी अनी उत्साहित हुनु स्वभाविक रुपमा अचम्म हुन्छन नै,किन भन्दा बिभिन्न पत्र पत्रीका बाट ईन्द्र तामाङको अदालतमा रुथ फोर्ड्ले आफ्नो अचल सम्पति ईछा पत्रमा आफ्नो दाजु र उनको सम्पती तामाङको नाममा हस्तान्तरण भई सकेको भएता पनि रुथ फोर्ड को छोरी शेली इस्कोट यसलाई कुनै आधार नमानेर उन्ले अदालत मा मुद्दा दायर गरे । धेरै समय सम्म कुनै छिनो फानो नभै अन्त्यमा तामाङकै पक्षमा साबित भई नै छाडे , एउटा बिदेशी नेपालीले शायद यतिका ठुलो धन राशी पाउने अवसर पहिलो ब्यक्ती हुन आएको खबर सबैलाई थाहा नहोला,तर यो बास्ताविक भएर प्रमाणित गरी देखाएको छ। बिशाल शहर निउयोर्क को म्यानहाटन शहर वेष्ट ७२ इस्ट्रिट सेन्ट्रल पार्क वेष्ट नजिकमा अवस्थित आलीसान भवनमा बिभिन्न कला प्रेमी देखी लिएर बहुचर्चित ब्यक्तित्वहरु यसै भवनमा आफ्नो अपार्ट्मेन्ट लिएर बस्दै आएको थियो ।यहाँ २० सौ मिलियन १०० मिलियन डलरको मुद्दाहरुको अदालतले छिनोफानो गरेको त्यस माथि पनि बिश्वको ठुला अनी चर्चित हलीउड सिनेमाका,नायक,अभिनेत्री ,अभिनेता यहाका प्रख्यात खेलाडिहरुको बेला बेलामा यस्ता मुद्दाहरुको समाचार सुन्दै आई रहेका ,ब्यापारी देखी राजनैतीक ब्यक्तित्व हरु,अनि यहाँको स्टक एक्स्चेन्ज सम्म प्राए जस्तो धन सम्पतीकै कारण ठुला ठुला मुद्दाहरु थुप्रै समाचार टिभी,रेडिओ अनी अखबार हरु बाट सुन्दै आएका छ। तर ईन्द्र तामाङ को ८.४ मिलियन डलरको समाचारले विश्वका बिभिन्न पत्र पत्रीकामा यसले निकै चर्चा अर्कै मोढ लियो एक दिन,दुइ दिन नभएर हप्तौ हप्ता सम्म र अझै पनि नेपाली समाचार हरुमा पढ्न पाईन्छ ।यो खासै किन यती बिघ्न चर्चामा आएको भन्दा यो भवन १८८० औ सताब्दीमा निर्मित यस भवन को बास्तविक्ता बुझ्न यस महलमा १९ औ सताब्दी देखी २१औ सताब्दी सम्म सधैं चर्चा को बिषय भई रहन्थ्यो । १९७६मा यस भवन लाई अमेरिकी सरकार ले ल्यान्ड मार्क को नाम ले एतिहासिक मा परिणत गरिएको हो । सन १९८० दिसेम्बर महिनाको ८ मा यही महलको मुल ढोका अगाडि विश्वप्रख्यात बिटल्स का संगीतकार तथा महान कलाकार जोन लेनोनको मार्क डेभिड च्याप मेन द्वारा हत्या भएको थियो । यस दु:खद हत्याको खबरले संसारमा आज भन्दा ३० बर्ष अघि सारा दुनियाँलाई मर्माहात तुल्याएको थियो जुन बेला म कक्षा ९ मा अध्यन गर्दै थिए त्यस बखत म पनि बिटल्सको पारखी थिए त्यस ताका पश्चिमी संगीतमा बज्ने गीत संगीतहरुमा बिटल्स बाहेक इगल ,यू टु ,रक एन्ड रोल, बोनियम ,एल्विस का गीत हरु धरै बज्दथ्यो । यस् महल मा ७० को दसक तिर यिनी संगीतकार पनि आफ्नो अर्धाङिनी योको सँग बस्दै आएका थिए । सन १९९६ साल देखी बिदेशी पर्यटकहरुको घुइचो यसै ड्याकोटा भवन अगाडि निकै बड्दै आएको छ।यहाँको सिटी बस ले यस् ठांउमा पर्यटकहरुलाई केही बेर सम्म बस रोकेर फोटो खिच्ने देखी भवनको अवलोकन गर्दै झन्डै दुई ब्लक इस्ट्रिट नै ढाकेको हुन्छ साधारण मान्छेहरुलाई समेत बाटो काट्न मुश्किल हुन्छ ।यसै भवनको सेन्ट्रल पार्क नजिकै विश्व प्रख्यात संगीतकार तथा गायक स्वर्गिय जोन लेनोनको सम्झनामा New York city ले जोन लेनोनको नाममा उहां लाई समर्पित गरेर एउटा सुन्दर बगैचा निर्माण गरिदिएको छ जहाँ मान्छे हरुको घुइचो सधैं देखी रहन्छ ,र यस बगैचामा स्ट्रबेरी फलले पर्यटकहरुलाई झनै मुघ्द अनी आकर्शित बनाएको छ किन भने उनै गाएक ले स्ट्रबेरी को शब्दमा गीत गाएका थिए शायद होलान यीनै शब्दलाई समेटेर । यस बगैचामा साचै भन्ने हो भने नेपालको पनि नाम लेखिएको देखिन्छ यसले हामी नेपालीलाई गर्ब महसुस हुन्छ नै । यस् ड्याकोटा भवनमा शताब्दिऔ काल खन्ड देखी ,नाट्य कर्मी ,संगीतकार,सिनेकर्मी,चित्रकार अनी बिभिन्न बिधामा बहु चर्चित अनि बहु प्रतिभाशाली ब्यक्तित्वहरु रहन सहन् गर्दै आएको र आफ्नो बास स्थान मात्रै नभई नेपालमा राणाहरुले राणाकालिन को समयमा आफ्नो दरबारमा संगीतमयको मनोरन्जन जसरी आफ्नो भाई भारदार,आफन्त जनहरुलाई बोलाएर जसरी रमाईलो दीइन्थ्यो त्यस्तै यस ड्याकोटा भवन मा त्यतिकै हलिउड का चर्चित कलाकारहरु ,संगितप्रेमी अनि बिस्वका बिभिन्न देशबाट आउने कलाकार हरुको जम्का हुने थलो रहेको देखिन्थ्योउ ।प्रसँग --ईन्द्र तामाङ !शायद यसै ड्याकोटा भवन को कारणले चर्चाको शिखर मा पुर्यायो । श्री तामाङ को यस आलीसान भवन सँग भएको ३४ ,३५ बर्षको पुरानो साईनो लाई कोट्याएको पनि देखियो । तर वास्तवमा यथार्थ कुरा के हो भन्दा केबल बहु चर्चित ड्याकोटा भवन भएकै कारण हुन । सन २००३ ,२००४ तिर मैले पनि २ ,३ पटक ईन्द्र तामाङ दाई सित सँगै गएर भवन भित्र घुम्न अवसर पाएको थिए ।त्यस भवन भित्रको कोठाहरु ,त्यंहा सजिएको बिभिन्न देशका मुल्यवान कला चित्रहरु त्यस्तै नेपालमा निर्मित पुरातत्व बिभागले लाह छाप लगाएको बिभिन्न पुराना देव देवीको अमुल्य मुर्ती र चित्रहरु पनि देखियो । यहाँ रुथ फोर्ड अनी चार्ल्सको बिषयमा अली जानकारी दिन जादैछु । हुन त यहाँहरुले बिभिन्न अखबार हरुमा को हुन तिनी ,र को हुन चार्ल्स भनेर सबैलाई अवगत नै होला । हो चार्ल्स एक लेखक हुन भने उनको बहिनी रुथ फोर्ड मोडेलर मात्रा नभएर हलिवूडका अभिनेत्री थिईन। १९११ जुलाई सात क दिन ब्रूक ह्याभेन मिस्सिसिपी राज्यमा जन्मनु भएको थियो।रुथ फोर्ड्ले २६ भन्दा धेरै हलिउड सिनेमामा अभिनय गरी सकेका छन ,उहाको धेरै पुरानो त्यस बेलाको श्वेत पर्दा बाट सुरु गरे बाट लेडी ग्याङिस्टार ज्याकी ग्लिसन ,केनल मर्डर जस्ता थुप्रै प्रसिद्ध सिनेमामा अभिनय गरी सकेका अभिनेत्री को ९८ बर्षको उमेरमा सन २००९ अगस्ट महिनाको १२ तारिख का दिन देहान्त भयो।चार्ल्स हेनरी फोर्ड दाजु सन १९०८,फेब्रवरी १० मा जन्म भ्एको र उनको सन २००२ सेप्टम्बर 27मा देहान्त ।चार्ल्स हेनरी फोर्ड साचै भन्ने हो भने उनी लेखक र फोटो ग्राफर मात्रै नभएर चित्र मुर्तीको शोखिन पनि थिए ।अझ म उहांको बहिनी रुथ फोर्डको कोठामा पुग्दा साचिकै शिंह दरबारको भब्य महल कोठा भित्र पुगेको अनुभव पांए।भनिन्छ मान्छे कुनै ठांउमा जन्मे ता पनि भाग्य अनि कर्म सँगै डोराएर हिड्छन रे हो यस्तै चार्ल्स पनि एक यस्ता ब्यक्ती थिए जुन समयमा ७० को दसक तिर जब नेपाल पुगेका थिए उन लाई उतै बस्न मन परेछ किनकी त्यहाको रहनसहन त्यस भित्र लुकेको प्राकृतिक सौन्दार्य ले सचिकै उनको मनलाई जित्न सफल भएछ नेपाल । हामी नेपाली सबै आ आफ्नै मौलिक आफ्नै रहनसहन न कुनै धर्म मा भेदभाव देखिन्छ यसरी एक आपसमा मिली जुली रहदै आएको पनि शायद लेखक ले अनुभब गरे होलान त्यसैले उंहा स्वयम आफु क्रिस्चियन परिवारमा जन्म लिएता पनि उनले आफ्नो अन्त्यस्टी बौद्ध धर्म परम्परा अनुसार नै गर्नु भनेर ईन्द्र दाईलाई भनेको मलाई अझै नि सम्झना ताजै छ ।र उहाको अन्त्यस्टी पनि बौद्ध परम्परा अनुसार नै भयो । अनेकौ कला कृतिले रंगिएको भित्ता अनि त्यस भित्र का चोक देख्दा उही नेपालको शिंह दरबार भित्रको चोक जस्तै लाग्थ्यो ,एउटा ढोका बाट छिर्दा अर्को ढोका बाट निस्कन साचै, हत्त पत्त नौलो ब्यक्तिलाई अनुमान गर्न बडो कठिनाई अनि ठम्यौना निकै गार्हो हुन्थ्यो ।यसरी यस भवनमा घुमेको अनुभब मैले पाठक माझ राख्न पाउदा आफुलाई पनि बडो खुशी लाग्नु स्वभाविकै हुन्छ । अझ मैले ईन्द्र दाईलाई त्यही बेला म बिटल्स्को पारखी भएको नाताले सोधी हाले ,ए दाई जोन लेनोनको हत्या हुँदा तपाईं कता ?भन्ने प्रश्न गर्दा उंहाले आफु त्यस समयमा भन्सामा खानपिन गर्दै थियो भन्ने उत्तर दिनु भो। सन २००२ मा जब तामाङ समाजको स्थापित भए देखी निरन्तर आफ्नो समाजलाई कुन ढंग बाट आफुले सहयोग गर्ने हो ,कहिले पनि बिचलित नभै उहा साचै भन्ने हो भने एउटा सामाजिक प्राणी भएको नाताले एउटा सल्लाह्कार को भूमिका निभाउदै आउनु भएका ईन्द्र तामाङ २००८ मा तामाङ सोसाइटी अफ अमेरिका को अध्यक्ष भई आफ्नो समाज लाई अघी बडाउदै आउनु भएका हुन । यसरी त्यो लामो ७० को दसक बाट सुरु भएको यस ड्याकोटा भवन सँग सम्बन्ध गांसेका र ३५ बर्ष सम्म एउटै परिवार सरह जिम्मेवारी निभाएका तामाङलाई जीवनको हरेक आरोह अवरोहामा न त कहिले थाकेको अनुभव भयो ,कुनै झन्झट नमानी सधैं आफ्नो काम को शिरोधार गर्दै आएका सोझा ,इमान्दारी ,मेहनती ,निष्ठावान ,लगनसील अनि सहनसील भएकै प्रतिफलले आज ईन्द्र तामाङ त्यो अलिशान भवनको २ अपार्ट्मेन्टको मालिक हुन पुगेको छ् ।
सुबाश लामा स्याङ्बो

